रौतहट । रौतहटमा खाल्डोमा जमेको पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । रौतहटको गढीमाई नगरपालिका ६ स्थित खाल्डोमा जमेको पानीमा डुबेर सोही ठाउँ बस्ने १७ वर्षीय राजु राय यादवको शनिबार दिउँसो मृत्यु भएको हो ।
डुबेर अशक्त भएका उनको अनामिका अस्पताल गरूडामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




