धनुषा । धनुषामा प्लाष्टिकको बाल्टिनमा भरी राखिएको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । सबैला नगरपालिका ९ भठियन बस्ने बिन्देश्वर मुखियाको छोरा १६ महिनाको सुमित मुखियाको मृत्यु भएको हो ।
आफ्नै घरको आँगन रहेको प्लाष्टिकको बाल्टिनमा भरी राखिएको पानीमा डुबेर शुक्रबार दिउँसो बालकको मृत्यु भएको हो । डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।




