वीरगंज । धोबिनी गाउँपालिका ५ जगन्नाथपुर निवासी ३७ वर्षीय कपिल राम चमारको गएराति नहरमा डुबेर मृत्यु भएको छ । घर जाने क्रममा मदिराले मातिएका चमार नहरमा खसेको र उनको डुबेर मृत्यु भएको हो ।
बिहान उनको शव स्थानीयले नहरमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय, पोखरियाको टोलीले शव शल्य परीक्षणको लागि नारायणी अस्पताल वीरगंज पठाएको छ ।




