सिराहा । सिराहाको गोलबजारमा युवकको शव आज फेला परेको छ । गोलबजार नगरपालिका १ बहिरीबाँध नजिकैको ग्राभेल उत्खनन् गरेको खाल्डोमा अन्दाजी ३२ वर्षीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
मृतकको पहिचान खुल्न सकेको छैन । प्रहरीले घटनाको प्रकृति मुचुल्का उठाएर पोस्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पताल पठाएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुनील कार्कीले जानकारी दिए ।
उनले घटनाको अनुसन्धान भइरहेको र संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएको बताए ।




