जनकपुरधाम । मधेश प्रदेश सरकारको जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जलमग्न भएको छ । उचित निकास र ढल नहुँदा अविरल वर्षाका कारण डुबानमा परेको हो ।
उचित निकास नहुँदा एकझर पानी पर्दा पनि मन्त्रालय जलमग्न हुने गरेको छ । लगातारको वर्षाका कारण सुरक्षा निकायले सुरक्षित रहन सुचित गरेको छ ।




