सप्तरी । सप्तरीमा पत्रकारलाई दुर्व्यवहार गरेको आरोपमा राजगढ गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलविरुद्ध प्रहरीमा जाहेरी परेको छ । कोठामा थुनेर सञ्चार उपकरण खोसेर दुर्व्यवहार गरेको भन्दै पत्रकारहरुले उजुरी दिएका हुन् ।
आफूहरुलाई कोठामा थुनेर सञ्चार उपकरण खोसेर दुर्व्यवहार गरेको भन्दै पत्रकारहरु रामनारायण विश्वास, राजविराज दैनिकका पत्रकार नवीन गुप्ता र नेपाल समाचार पत्रका संवाददाता विद्यानन्द रामले प्रहरीमा जाहेरी दिएका हुन् ।
अध्यक्ष मण्डलले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा केहिबेर थुनेर सञ्चार उपकरण खोस्दै दुर्व्यवहार गरेको उनीहरूको आरोप छ । तीनै जना पत्रकारले अध्यक्ष मण्डलसहितका दोषीलाई कारबाहीको माग गर्दै जाहेरी दिएका हुन् ।
पत्रकार महासंघ सप्तरी शाखाका तर्फबाट अध्यक्ष श्रवण देवले पनि पत्रकारलाई दुर्व्यवहार गर्ने अध्यक्ष ठाकुरसहित अन्यविरुद्ध जाहेरी दिएका छन् ।




