बारा । आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जितपुरसिमरा उपमहानगरपालिका ८ गमरगावा बस्ने २३ वर्षीय रम्भु राउत कुर्मीको करेन्ट लागेर बुधबार बेलुका मृत्यु भएको हो ।
आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको वीरगंजस्थित गण्डक हेल्थ केयर पर्सामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




