काठमाडौं । चितवनको नारायणी नदीको पुलबाट हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । शनिबार दिउँसो १२:३० बजेको समयमा भरतपुर महानगरपालिका ३ पुल्चोकस्थित नारायणीको पुलबाट हाम फालेका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज रिजालका अनुसार अन्दाजी २५/३० वर्षका पुरुष हाम फालेको भन्ने प्रत्यक्षदर्शीले बताएका छन् । उनको पहिचान खुलेको छैन । बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।




