सर्लाही । सर्लाहीमा खोलामा डुबेर ३ वर्षीय बालकको मृत्यु भएको छ । चक्रघट्टा गाउँपालिका ३ सुन्दरपुर बस्ने संजिव रायको छोरा ३ वर्षीय अंशु रायको घर नजिकै रहेको ढाङ्ग्रा खोलामा डुबेर शनिबार दिउँसो मृत्यु भएको हो ।
डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




