एजेन्सी । इंग्ल्यान्डमा भइरहेको हन्ड्रेड लिगमा विन्डिजका दिग्गज अलराउन्डर किरोन पोलार्ड लगातार ५ छक्का प्रहार गरेर चर्चामा आएका छन् । उनले यी छक्का अफगानिस्तानका विश्वस्तरीय लेग स्पिनर राशिद खानको बलमा प्रहार गरेका हुन् ।
पोलार्डको यो विस्फोटक इनिङ्सको आधारमा साउदर्न ब्रेभले ट्रेन्ट रकेट्सलाई २ विकेटले पराजित गर्दै रोमाञ्चक जित दर्ता गरेको छ । कुनै बेला साउदर्न ब्रेभले ७८ रनको स्कोरमा ६ विकेट गुमाएको थियो । यसपछि पोलार्डको नाम तुफान आयो जसले एक्लैले हारेको खेल जिताए ।
हन्ड्रेड लिगको २४ औं खेलमा साउथह्याम्पटनको रोज बाउलमा साउदर्न ब्रेभ र ट्रेन्ट रकेटको टोली आमनेसामने भएका थिए । यस खेलमा पहिले ब्याटिङ गरेको ट्रेन्ट रकेटले ८ विकेट गुमाएर १२६ रन बनाएको थियो । ओपनर टम ब्यान्टनले सर्वाधिक ३० रनको पारी खेले ।
१२७ रनको लक्ष्य पछ्याएको साउदर्न ब्रेभले ९९ बलमा ८ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो । सदर्न ब्रेभका लागि किरोन पोलार्डले २३ बलमा २ चौका र ५ छक्का सहित ४५ रनको इनिङ खेले ।
राशिदको बलमा पोलार्डको प्रहार
साउदर्न ब्रेभको इनिङ्सको ८१ औं बलमा राशिद खान बलिङ गर्न आएका थिए । यो बलमा केरोन पोलार्डले डिप मिडविकेटतर्फ उत्कृष्ट छक्का प्रहार गरे । पोलार्डले ८२ औं बललाई छक्का प्रहार गर्ने क्रममा बललाई लङअफतर्फ पठाए । उनले ८३ औं बलमा छक्का प्रहार गरी ह्याट्रिक पूरा गरे ।
यस्तै ८४ औं बलमा उनले डिप मिडविकेटमा छक्का प्रहार गरे भने ८५ औं बलमा पनि रसिद खानलाई चकित पारे । यस खेलमा राशिद खानले २० बलमा ४० रन दिएर एक विकेट लिए ।
खेलको प्लेयर अफ द म्याच चुनिए पोलार्ड
खेलको प्लेयर अफ द म्याच किरोन पोलार्ड चुनिए । जितपछि पोलार्डले यो पिच ब्याटिङका लागि सहज नभएको बताए । मैले बललाई बाउन्ड्री पार गर्न राम्रो बलर रोजें । म भाग्यमानी भए कि मैले राशिद खान विरुद्ध राम्रो प्रहार गरें । उनी विश्वस्तरका बलर हुन् । मैले मेरो प्राकृतिक खेल खेलेको हुँ ।






