धनुषा । धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जनकपुर उपमहानगरपालिका ५ सुगानिकाश बस्ने २० वर्षीय सोनु कुमार मण्डलको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको हो ।
आफ्नै घरमा रहेको कलमा जडान गरिएको विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको काब्या अस्पताल जनकपुर हुँदै प्रादेशिक अस्पताल जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




