बारा । पंखा चलाउने क्रममा करेन्ट लागेर बारामा एक जनाको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिका ३ नयकाटोल बस्ने ६८ वर्षीया अनार्षि देवीको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको हो ।
पंखा चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो ।




