एजेन्सी । दक्षिण कोरियामा कोभिड-१९ का अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएका बताइएको छ । गत २४ घन्टायता कोभिड-१९ का संक्रमितहरु एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै भेटिएका छन् ।
गत २४ घन्टामा १ हजार २७५ जना संक्रमित पाइएका छन् । योसँगै दक्षिण कोरियामा कोभिडका संंक्रमितको संख्या १ लाख ६४ हजार २८ जना पुगेको बताइएको छ । त्यहाँ पछिल्ला केही हप्ता यतादेखि कोभिडका संक्रमितहरुको संख्या बढ्दो देखिएको छ ।
बुधबार मात्र पनि त्यहाँ देखिएको १ हजार २१२ जना संक्रमित भेटिएको थियो । बिहीबार देखिएको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो । त्यसैले अधिकारीहरुले दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले यहाँ कोभिडको चौथो वेभ शुरु भएको बताएका छन् ।
दक्षिण कोरिायमा केही हप्ताअघिसम्म ७०० भन्दा बढी संक्रमित नरहेकोमा अहिले आएर भने प्रत्येक दिन एक हजार भन्दा बढी संक्रमित भेटिएका छन् । त्यो संख्यामा बृद्धि भएर बुधबार र बिहीबार संक्रमितहरु पाइएको समाचारमा जनाइएको छ ।
स्वास्थ्य अधिकारीहरुले यसै हप्ता अर्थात् यही जुलाई १ देखि ७ तारिखसम्ममा देशैभर देखिएको संक्रमितको संख्या देशव्यापी तथ्यांकको हिसाब गर्दा अघिल्ला तीन हप्ताको तुलनामा ५३ प्रतिशत बढी देखिएको छ ।
यो तथ्यांक आएपछि स्वास्थ्य अधिकारीहरुले दक्षिण कोरिया औपचारिक रुपमा नै कोरोना महामारीको चौथो चरणमा प्रवेश गरेको बताएका छन् । बिहीबार देखिएका यी संक्रमितहरुमा ६०० भन्दा बढी राजधानी सोलकै रहेका पाइएको छ ।
यसकारण पनि धेरै पछि यति धेरै संख्यामा संंक्रमितहरु देखिँदा देश कोरोना महामारीको अर्को वेभमा प्रवेश गरेको बताइएको हो । त्यहाँ कोराना विरुद्धको खोपका अभियानलाई ब्यापक बनाइएको छ । जसका कारण यहाँ यो संक्रमणबाट मृत्यु हुनेको संख्या भने कमी देखिएको स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन् ।






