महोत्तरी । महोत्तरीमा करेन्ट लागेर २४ वर्षीय युवाको मृत्यु भएको छ । लोहारपट्टी नगरपालिका ५ लोहारपट्टी बस्ने २४ वर्षीय आरिफ शेखको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको हो ।
बलबा नगरपालिका ११ रौजा बस्ने नुख्तार शेखको साउण्ड सिस्टममा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




