रौतहट । रौतहटमा करेन्ट लागेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ । ईशनाथ नगरपालिका ९ बस्ने नेराज आलमकी छोरी ६ वर्षीया सबा खातुनको करेन्ट लागेर शनिबार राति मृत्यु भएको हो ।
आफ्नै धारामा पानी लिन जाँदा धारामा जडान गरिएको मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि प्रादेशिक अस्पताल गौरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




