सिराहा । पंखाको प्लग बिजुलीको बोर्डमा जोड्ने क्रममा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । लक्ष्मीपुर पतारी गाउँपालिका १ पिपरा बस्ने ५२ वर्षीया लिला देवी कामैतको करेन्ट लागेर आइतबार बेलुका मृत्यु भएको हो ।
आफ्नै घरमा टेबल पंखाको प्लग बिजुलीको बोर्डमा जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको सप्तऋषि अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




