सप्तरी । सप्तरीमा मोटरबाट नुहाउने क्रममा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । शम्भुनाथ नगरपालिका २ कनकपट्टी बस्ने २५ वर्षीय विवेक कुमार चौधरीको करेन्ट लागेर आइतबार राति मृत्यु भएको हो ।
आफ्नै घरमा चापाकलमा जडान भएको मोटरबाट नुहाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




