सर्लाही । पानी जमेको खाल्डोमा डुबेर सर्लाहीमा एक जनाको मृत्यु भएको छ । कौडेना गाउँपालिका ६ लखनदेही खोलाको बाँध नजिकै पानी जमेको खाल्डोमा डुबेर सोही ठाउँ बस्ने ८५ वर्षीय रेबी सहनीको मंगलबार दिउँसो मृत्यु भएको हो ।
उक्त ठाउँमा खर काट्न गएको अवस्थामा अचानक खाल्डोमा खस्न गई डुबेर उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




