सप्तरी । सप्तरीमा पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ । कंचनरूप नगरपालिका ११ ठेलिया बस्ने भागवत साहकी छोरी ७ वर्षीया छोरीको मृत्यु भएको हो ।
भागवतकी छोरी सम्झना साहको आफ्नै खेतमा रहेको कल्भटमा पौडी खेल्ने क्रममा डुबेर बुधबार दिउँसो मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




