सर्लाही । पानी भएको बाल्टिनमा डुबेर एक बालकको मृत्यु भएको छ । सलिम मन्सुरको छोरा साढे १ वर्षीय दिलखुश राजाको पानी भएको बाल्टिनमा डुबेर बिहिबार साँझ मृत्यु भएको हो ।
चन्द्रनगर गाउँपालिका ४ पोखरियास्थित मामा घरमा बस्ने बारा कलैया घर भएका बालक खेल्ने क्रममा डुबेर अशक्त भएका उनको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो ।




