वीरगन्ज । पर्साको तिलावे नदीमा पौडी खेल्न गएका एक किशोर बेपत्ता भएका छन् । नदीमा पौडी खेल्न गएको तीन जनाको समूहमध्ये एक जना बिहानदेखि बेपत्ता भएका हुन् । नदीमा पौडी खेल्न गएका किशोर चार घण्टादेखि बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ ।
बहुदरमाइ नगरपालिकाको वडा नम्बर २ बैरिया निवासी असलम देवानका छोरा १४ वर्षीय समीर देवान पौडी खेल्दा खेल्दै बेपत्ता भएको सशस्त्र प्रहरी निरीक्षक कपिल गिरीले बताए । लगातार परेको पानीले नदीमा बाढी आएको बेला पौडी खेल्न जाँदा देवान बेपत्ता भएको सशस्त्र प्रहरी बल पर्साले जानकारी दिएको छ । सशस्त्र प्रहरीका अनुसार उनी बिहान साढे ११ बजेदेखि बेपत्ता भएका हुन् ।
घटनास्थलमा लामो समय लगाएर सशस्त्र प्रहरीको उद्धार टोलीले खोजिन गर्दा पनि बेपता देवान फेला पर्न नसकेको अलौं सशस्त्र प्रहरी बेस क्याम्पका इन्स्पेक्टर गिरी बताउँछन् । बेपत्ता भएका किशोर फेला पर्न नसकेपछि अहिले करिब तीन किलोमिटर तल पुगेर सशस्त्र प्रहरीको उद्धार टोलीले खोजी कार्य गरिरहेको जनाइएको छ ।




