वीरगंज । बहुदरमाई नगरपालिका २ बैरियाका १० वर्षीय बालक नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् । सलिम देवान तिलावे नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् ।
साथीहरूसँग बहुदरमाई मन्दिर नजिक रहेको तिलावे नदीमा नुहाउन गएका देवान नदीमा डुबेर बेपत्ता भएका हुन् । बेपत्ता देवानको खोजी कार्य जारी छ ।
सशस्त्र प्रहरीको टोलीले खोजी कार्य गरिरहेपनि देवान अहिलेसम्म फेला परेका छैनन् । देवानसँग कति जना तिलावेमा नुहाउन गएका थिए भन्ने बारेमा यकीन हुन सकेको छैन ।
स्थानीयले भने तीन जना रहेको दाबी गरेका छन् तर अन्य हराएका बारेमा भने प्रहरीमा उजूरी परेको छैन ।




