पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका ५ प्राङवुङको डाडागाउँ टोलमा विस्फोटबाट घाइते भएका थप एक बालकको मृत्यु भएको छ । गम्भीर घाइते दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सनको उपचारका क्रममा झापाको बी एन्ड सी अस्पतालमा मृत्यु भएको हो ।
बिहीबार दिउँसो माओवादी कार्यकर्ता आइतराज केरुङ ९आईबी० को घरमा बस्दै आएका ज्ञानबहादुर राईका १० वर्षीय छोरा पवन, दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई वर्षीया छोरी प्रिन्सा विस्फोटमा परी घाइते भएका थिए ।
पाँचथर अस्पतालमा प्राथमिक उपचारपछि झापा रेफर गरिएका दिप्सन र प्रिन्साको अवस्था गम्भीर थियो । दुर्भाग्यवश, प्रिन्साको इलाम पुर्याउँदा बाटोमै मृत्यु भएको थियो भने दिप्सनको झापामा उपचारका क्रममा निधन भएको हो ।
घटनास्थलमा अर्को शंकास्पद वस्तु भेटिएकोले नेपाली सेनाको डिस्पोजल टोली त्यसतर्फ पठाइएको छ । प्रहरीका अनुसार, विस्फोट घरेलु ग्रिनेडबाट भएको आशंका गरिएको छ, यद्यपि अनुसन्धान जारी छ । विस्फोट भएको घरमा माओवादी द्वन्द्वकालका सामग्री लुकाइएको हुन सक्ने आशंका छ, र घटनाको जाँचबुझ भइरहेको छ ।




