बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका १६ टागिया बस्तीमा आज धान खेतमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । स्थानीय ५३ वर्षीय टीकाबहादुर खनाललाई धान खेतमा विद्युतीय मोटर जडान गर्ने क्रममा अचानक करेन्ट लागेको थियो ।
गम्भीर घाइते भएका उनको उपचारको लागि वीरगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।




