काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) द्वारा काठमाडौंमा आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल) का लागि ८ फ्रेन्चाइज टिमका मालिकहरू चयन भएका छन् । काठमाडौं टिमलाई कान्तिपुर मिडिया ग्रुपले ३ करोड ३३ लाख रुपैयाँमा खरिद गरेको छ, जसको बेस प्राइस १ करोड ५० लाख तोकिएको थियो ।
पोखराको टिमलाई नेपाल टी-२० प्रालीले ३ करोड ५७ लाखमा लिएको छ, जुन टिमको बेस प्राइस १ करोड ३० लाख थियो । चितवन टिमलाई चितवन मेडिकल कलेजले १ करोड ७६ लाखमा खरिद गरेको छ भने यसको बेस प्राइस १ करोड २० लाख थियो ।
लुम्बिनी टिमलाई फर्चुना हेल्थ केयरले १ करोड ८६ लाखमा किनेको छ, जुन १ करोड २० लाख बेस प्राइसमा थियो । यस्तै, जनकपुर टिमलाई ड्रिम स्पोर्टसले २ करोड ५ लाखमा खरिद गरेको छ, जसको बेस प्राइस १ करोड थियो ।
कर्णाली टिमलाई हिमालय बिल्डर्सले १ करोड ११ लाखमा र सुदूरपश्चिम टिमलाई एम्पायर स्पोर्टसले १ करोड ६८ लाख ८८ हजारमा खरिद गरेका छन् । क्यान र फ्रेन्चाइज मालिकहरूबीच १० वर्षको सम्झौता हुनेछ । यो प्रतियोगिता आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म त्रिवि क्रिकेट मैदानमा आयोजना हुनेछ ।






