काठमाडौं । मोरङमा एक व्यक्तिले श्रीमतीलाई थाहै नदिई सम्बन्ध विच्छेद गरेका छन् । मोरङको कानेपोखरी गाउँपालिका ५ का दिनेश विष्टले श्रीमतीलाई थाहै नदिई सम्बन्ध विच्छेदको कागज बनाएको खुलासा भएको छ ।
उनले स्थानीय कर्मचारीसँग मिलेर सम्बन्ध विच्छेदको प्रमाणपत्र बनाएका हुन् । आफूलाई थाहै नदिई विष्टले सम्बन्ध विच्छेदको प्रमाणपत्र बनाएको श्रीमती शारदा थापाले बताएकी छन् ।
जिल्ला अदालत मोरङको २०७९ मंसिर १६ गतेको आदेशबाट सम्बन्धविच्छेद भएको भन्दै कानेपोखरी ५ ले २०७९ पुस २१ गते सम्बन्धविच्छेद प्रमाणपत्र दिएको भेटिएको छ । अदालतले भने दिनेश र शारदाको सम्बन्धविच्छेद भएको फैसला नै गरेको छैन ।




