जनकपुरधाम । मधेश प्रदेश सरकारले पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा आगामी सोमबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । गृह, सञ्चार तथा कानून मन्त्रालयका निमित्त सचिव सन्दीप कुमार सिंहले भदौ ३१ गते सोमबार सार्वजनिक बिदा हुने सूचना जारी गरेका हुन् ।
मधेश प्रदेश मन्त्रिपरिषद्ले २०८० साल चैत ११ मा पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा विदा दिने निर्णय गरेको थियो । त्यसै निर्णयका आधारमा यो वर्ष पनि सार्वजनिक बिदा दिने व्यवस्था गरिएको सूचनामा उल्लेख गरिएको छ ।
पैगम्बर मोहम्मद इस्लाम धर्मका संस्थापक हुन्, र उनको जन्मदिन विश्वभरका मुस्लिम समुदायहरूले धूमधामका साथ मनाउने प्रचलन रहेको छ ।




