सर्लाही । सर्लाहीको हरिवन नगरपालिका ५ का विपन्न किसानहरु तरकारी उत्पादनमा व्यस्त रहेका छन् । हरिवन नगरपालिका ५ का विपन्न किसानहरु नदी उकास बगरमा तरकारी उत्पादनमा व्यस्त रहेका छन् । नदी उकास खेर गइरहेको वन क्षेत्र र बगरका खाली जमिनमा कृषि वन कार्यक्रम अन्तर्गत खनजोत गरी लगाइएको तरकारी खेतीबाट उत्पादन राम्रो भएपछि किसानहरुलाई तरकारी बेच्न भ्याईनभ्याई भएको हो ।
युएनडिपीको आर्थिक सहयोगमा ग्रामीण स्वयमसेवक समाज र हरिवन नगरपालिकाले सुरु गरेको कृषि वन कार्यक्रम मार्फत आफूहरुले तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेको स्थानिय किसान राम बहादूर लामा बताउँछन् । आफूहरुले साग, पर्बल, बोडी, खुर्सानी, करेला, लौका, कांक्रा, फर्सि, चिप्ले भिण्डी लगायतका तरकारी उत्पादन गरिरहेको उहाँले बताउनुभयो ।
किसानले उत्पादित तरकारी लौका, घिरौला, बोडी, हरियो साग, पर्वल, फर्सी, खर्बुजा, काँक्रो खुर्सानी, सिमल, तरुल, मम्फली बदम लगायतका फलफूल र तरकारी विक्रीबाट भएको आम्दानीले आफ्नो घर व्यवहार चलाउन पैसाको अभाव हुन छाडेको किसान रामदियाल नूनीया बताउँछन् ।
युएनडिपीले धेरै सहयोग गरेर जग्गा दियो र तरकारी खेती गर्न थालेपछि आफ्नो घर व्यवहार चलाउन पैसाको अभाव हुन छाडेको किसान श्याम घिसिङ बताउँछन् । विपन्न कृषकहरु छनौट गरी त्यस्ता खाली पर्ती, नदी उकास बगर जग्गाहरुमा खनजोत गरेर मलपानीको व्यवस्था गरि तरकारी खेती सुरु गरेको थियो ।
युएनडिपी आफैले मल, विउ विजन, विषादीदेखि लिएर खनजोतका लागि आवश्यक स्रोत साधन नै उपलब्ध गराएर किसानहरुले उत्पादन भएको तरकारी अहिले सर्लाहीका बजारहरुमा पुग्ने गरेको हरिवन नगरपालिकाका नगर प्रमूख रमेश बूढाथोकी बताउँछन् । करिव ३५ विघामा विभिन्न कृषक समूहहरु बनाई सामूहिक तरकारी खेती सुरु गरेको छ ।
हरिवन नगरपालिकाले उपलब्ध गराएको खाली, पर्ती, ऐलानी, खेर गइरहेको नदी उकास जमीनमा सिचाइको लागि बोरिङ ५ थान, विजुली, चर्पी तथा काडे तारबाट घेरा बेरा लगाई नगरपालिकाको तर्फबाट आप, जंगली काठहरु लगाइएको छ भने बाकी अन्य क्षमता अभिवृद्धिका कृषि तालिम गराएर यूएन डिपीको तर्फबाट सुविधा सम्पन्न टनेल घर र सिकाई केन्द्र बनाई किसानलाई थप उर्जा मिलेको किसानले बताएका छन् ।
नदि उकास जमीनमा विश्व वातावरण दिवसका अवसर पारेर आपका १७०० विरुवा रोपाइको र सो विरुवाले बढ्दै गएको कार्वन उत्सर्जनलाई न्यूनीकरण गर्न वृक्ष रोपण गरिएको यूएन डिपीका कृषी प्राविधिक सुरज खनालले बताए ।
विपन्न कृषकहरु छनौट गरी त्यस्ता खाली पर्ती, नदी उकास बगर जग्गाहरुमा रोजगारी नभएका विपन्न नागरिकको आर्थिक अवस्था उकास्ने उदेश्यका साथ युएनडिपीको सहयोगमा ग्रामीण स्वयमसेवक समाज हरिवनले सुरु गरेको कृषि वन विकास कार्यक्रम सफल बन्दै गएको छ भने तरकारी उत्पादनबाट किसानहरु लाभान्वित भएका ग्रामीण स्वयमसेवक समाजका सदस्य चूडामणी वाग्लेले बताउनु भयो ।
युएनडिपीको आर्थिक सहयोगमा ग्रामीण स्वयमसेवक समाज र हरिवन नगरपालिकाले सुरु गरेको कृषि वन कार्यक्रम मार्फत कृषि खेतीबाट नगरपालिका ५ का १४३ घर परिवार प्रत्यक्ष लाभान्वित भएका छन् ।




