काठमाडौं । नवलपरासीको रामग्राममा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु भएको छ । रामग्राम नगरपालिका ४ घोडपाली स्थित हुलाकी सडक खण्डमा गएराति ट्रकले ठक्कर दिँदा रामग्राम ९ जोकवारे निवासी ३७ वर्षीय प्रेम ढाँडीको मृत्यु भएको हो ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ८ ख ७५४९ नम्बरको ट्रकले विपरित दिशातर्फ जाँदै गरेको लु प्र ०१-००२ प २०५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।
जिल्ला अस्पताल परासीमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए । दुर्घटनापछि प्रहरीले ट्रक चालकलाई पक्राउ गरेको छ ।






