काठमाडौं । कोभिड-१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई साउन १० गतेसम्म थप भएको छ । बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले १० दिन निषेधाज्ञा थप गर्दै केही प्राबधानहरु अझै खुकुलो बनाउने निर्णय गरेको हो ।
अब काठमाडौं उपत्यका प्रवेश गर्ने सवारीसाधनका लागि जिल्ला प्रशासन कार्यालयको पास नचाहिने भएको छ । यसअघि प्रशासनको पास अनिवार्य गरिएको थियो । अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारीसाधनलाई आवतजावत गर्न दिइने जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा जारी आदेशमा उल्लेख छ ।








