संखुवासभा । संखुवासभा खाँदबारी नगरपालिका ५ माल्टामा आज विहान सौतेनी आमाले खुकुरी प्रहार गर्दा १२ वर्षीया निशा राई गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार, खुकुरी प्रहारबाट बालिकाको टाउको र देब्रे खुट्टामा गहिरो चोट लागेको छ ।
घाइते निशालाई जिल्ला अस्पताल संखुवासभामा उपचार सम्भव नभएपछि थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । उनको टाउकोमा गहिरो चोट लागेको र देब्रे खुट्टामा ७ टाँका लगाइएको छ ।
प्रहरीले खुकुरी प्रहार गर्ने आरोपमा ३५ वर्षीया सौतेनी आमा पकेटी राईलाई नियन्त्रणमा लिएको छ र घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।




