काठमाडौं । हेटौँडा–काठमाडौं जोड्ने छोटो दुरीको कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडकमा १२ दिन सवारी सञ्चालनमा रोक लगाइएको छ । दक्षिणकाली नगरपालिकाले एक सूचना जारी गर्दै सडकमा १२ दिन सवारी सञ्चालनमा रोक लगाएको हो । दक्षिणकाली–छैमले खण्ड कालोपत्रे कार्य सुरू गर्न सवारी आवागमनमा रोक लगाएको सूचनामा उल्लेख छ ।
सवारी चापका कारण कालोपत्रे कार्य अगाडि बढाउन सडकमा कठिनाइ भएकाले असोज ८ गतेदेखि मिति १९ गतेसम्म सवारी चलाउन रोक लगाइएको नगरपालिकाले जनाएको छ । सडक बन्द हुँदा सवारी साधनलाई वैकल्पिक मार्गबाट डाइभर्सन गराउन जिल्ला प्रशासन कार्यालय काठमाडौं र मकवानपुरलाई समन्वयका लागि आग्रह गरिएको छ ।




