धनुषा । धनुषामा एक किशोरीको शव पोखरीमा फेला परेको छ । धनुषाधाम नगरपालिका ३ का बिमाउ मण्डलकी १३ वर्षीया छोरी चन्द्रिकाको शव बुधबार बिहान घर नजिकैको पोखरीमा फेला परेको हो ।
उनी नुहाउन भनि घरबाट निस्किएको भएपनि मंगलबार दिउँसोदेखि बेपत्ता भएको अभिभावकले बताएका थिए । उनलाई मंगलबार साँझसम्म पनि फेला पार्न नसकिएको आफन्तको भनाई रहेको थियो ।
आज खोज तलासको क्रममा बिहान शव पानीमाथि तैरिएको अवस्थामा फेला परेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको धनुषा प्रहरीले जनाएको छ ।




