काठमाडौं । काठमाडौं महानगरपालिका १५ अन्नपूर्णचोक नजिक हलचोकबाट अजिमातर्फ जाने ढल मिसिएको खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । खोलाले बगाउँदा मोटरसाइकल चालक बेपत्ता भएका हुन् ।
प्रहरीका अनुसार शुक्रबार साँझ ६स्१५ बजेमा वाग्मती प्रदेश ०२-०१८ प २९७३ नम्बरको मोटरसाइकलमा सवार सिन्धुपालचोक घर भई हाल रानिवन बस्ने १९ वर्षे चालक राजन श्रेष्ठलाई खोलाले बगाएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार मोटरसाइकल निकाले पनि चालक श्रेष्ठ बेपत्ता छन् । हाल श्रेष्ठको खोजी भइरहेको प्रहरीले जनाएको छ ।




