सप्तरी । राजविराज नगरपालिका ८ बाट हराएको ८ वर्षीय एक बालक आज मृत अवस्थामा फेला परेका छन् । घर नजिकै ढल निकासीका लागि निर्माण गरिएको नालाभित्र ८ वर्षीय प्रिन्सकुमार साह मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
माछा मार्न जान्छु भनेका बालक हिजोदेखि हराएपछि प्रहरी र स्थानीयको प्रयासपछि आज मृत अवस्थामा भेटिएको सप्तरी युथ नेपालका मोहनकुमार यादवले जानकारी दिए ।




