सिरहा । लगातारको वर्षासँगै सिरहाको लहान नगरपालिका ४ स्थित सुन्दरपुरमा बलान नदीको बाढी बस्तीमा पसेको छ । नदीको पानीको बहाव उच्च हुँदा तटबन्द भत्काएर बाढी बस्तीमा पसेको हो । घरका सामान र लत्ताकपडा नजिकैको मदरसामा सारिएको छ ।
एक पीडितले भने, ‘बाढी अचानक बस्तीमा पसेपछि मानिसहरू ज्यान जोगाउन भागाभाग गरे । बाढी कम भएपछि बाँकी रहेका सामान मदरसामा सारिएको हो । रातभर कसरी बस्ने भन्ने चिन्ता छ ।’
प्रहरीका अनुसार, यदि वर्षा जारी रहेमा वडा कार्यालयसँग समन्वय गरी राति नै बस्तीका मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी भइरहेको छ । बाढी बस्तीमा पस्नाले सुन्दरपुर र इस्लामपुरका करिब ७० घर परिवार प्रभावित भएका छन् ।




