वीरगञ्ज । वीरगञ्जस्थित सरिसवा नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छन् । नदीमा आएको बाढीमा हाम फोलर बाराको प्रसौनी गाउँपालिका १ निवासी विनोद दासकी १६ वर्षीया छोरी राधिका कुमारी दास बेपत्ता भएकी हुन् ।
आइतबार बिहान वीरगञ्ज महानगरपालिका रानीघाट सरिसवा नदीमा उनले अचानक हाम फोलकी थिइन् । किशोरीको अवस्था अज्ञात छ । उनको खोजी कार्यका लागि प्रहरी र सशस्त्र प्रहरी खटिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी दिपक भारतीले जानकारी दिए ।




