काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि आइतबार खेलाडीहरुको बोलकबोल (अक्सन) सम्पन्न भएको छ । नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजित यो प्रतियोगिता मंसिर १६ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ । आठ टोलीले यो अक्सनमा १०/१० खेलाडीलाई आफ्नो टिममा समावेश गरेका छन् ।
घरेलु खेलाडीहरुलाई तीन वर्गमा विभाजन गरिएको थियो- ए, बी र सी । ए क्याटागोरीमा खेलाडीको आधार मूल्य १० लाख राखिएको थियो र अधिकतम १५ लाखमा बेचिए । बी क्याटागोरीमा अधिकतम मूल्य १० लाख र सी क्याटागोरीमा ५ लाखसम्म निर्धारण गरिएको थियो ।
प्रत्येक टिममा अब ११ खेलाडी भएका छन्, जसमा प्रत्येक टिममा अक्सन अघि मार्की खेलाडीको रूपमा एक खेलाडी पहिल्यै समावेश गरिएको थियो । आजको अक्सनमा तीन तीन खेलाडी ए र सी क्याटागोरीबाट र चार खेलाडी बी क्याटागोरीबाट टिममा आएका छन् । अब, थप चार विदेशी खेलाडी र एक स्थानीय खेलाडी समावेश गरिसकेपछि, प्रत्येक टिममा १६/१६ खेलाडी हुनेछन् ।
विराटनगर किंग्स

जनकपुर बोल्ट्स

काठमाडौं गोर्खाज

चितवन राइनोज

पोखरा एभेन्जर्स

लुम्बिनी लायन्स

कर्णाली याक्स

सुदूरपश्चिम रोयल्स







