झापा । सुनसरीको इटहरी ५ की एक महिला घाँटी रेटिएको अवस्थामा फेला परेकी छन् । इटहरी ५ शितल नगर टोलस्थित जनता कलेज दक्षिणपट्टी घर भएकी ३९ वर्षीया निलु रसाइली (रायमाझी) घाँटी रेटिएको अवस्थामा मंगलबार साँझ फेला परेकी हुन् ।
साँझ ७.५० बजे घाँटी रेटिएको अवस्थामा फेला परेकी उनलाई उपचारका लागि विराट टिचिङ अस्पताल लगिएको थियो । तर, अस्पताल पुर्याउना साथ चिकित्सकले मृत घोषित गरेका थिए । उनी आफ्नै घरको कोठामा चक्कुले घाँटी रेटिएको अवस्थामा फेला परेकी थिइन् ।
चक्कुले घाँटी रेटेर छट्पटिरहेको अवस्थामा उनकै छोरीले देखेपछि तत्काल उपचारका लागि लगिए पनि उपचार सम्भव नभएको प्रहरीले जनाएको छ । आफूले आफैँलाई घाँटी रेटेर आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुले पनि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




