महोत्तरी । महोत्तरीको बर्दिवास ५ स्थित टुटेश्वर मन्दिर नजिकै एक युवतीको शव फेला परेको छ । अन्दाजी २१/२२ वर्षको जस्तो देखिने पहिचान नखुलेको युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
युवतीको शवको हेर्दा शंका गर्ने ठाँउहरु देखिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी संतुलाल जैसवालले बताए । शवको पहिचानको लागि प्रहरीले खोजी कार्य अगाडी बढाएको छ ।
महोत्तरीमा युवती हराएको ठाँउ एकिन गरी पहिचानको लागि प्रयास भइरहेको प्रहरीले जनाएको छ । अहिले युवतीको शवलाई पोष्टमार्टमको लागि बर्दिवास अस्पतालमा लागिएको छ ।
वडा नं. ५ का वडा अध्यक्ष काहरमान स्याङवाको अनुसार उक्त युवतीको शव विहान ७ बजे फेला परेको थियो । युवतीको शवलाई सामाजिक संजालबाट समेत सार्वजनिक गरि पहिचान गर्ने प्रयास भइरहेको अध्यक्ष स्याङवाको भनाई छ ।




