वीरगन्ज । वीरगन्ज महानगरपालिकाका एक जना सरसफाइकर्मी शनिबार कुटपिटको सिकार भएका छन् । महानगरपालिकाको वडा नम्बर १५, भिस्वामा फोहोर संकलन गर्न गएका २२ वर्षीय राजेश मल्लिकमाथि आक्रमण भएको हो ।
मल्लिकले जनाएअनुसार, स्थानीय निरजल गिरी र उनका दुई छोराले फोहोर उठाउने बेल्चाको प्रहारले उनलाई कुटपिट गरेका थिए । यस आक्रमणमा मल्लिकको बायाँ हात, पिठ्युँ र घाँटीमा चोट लागेको छ । महानगरपालिकाको सरसफाइ शाखाका प्रमुख सर्फुदिन मियाँले गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए ।
मल्लिकले भने, ‘भिस्वा टोलमा ठेला लिएर फोहोर संकलन गर्ने क्रममा गिरीले फोहोर लिएर आएपछि विवाद भएको थियो ।’ यस्तै वीरगन्जका मेयर राजेशमान सिंहले सहरलाई सफा राख्न अहोरात्र खट्ने सरसफाइकर्मीमाथि आक्रमण गर्नेहरूमाथि कानुनी कारबाही गरिने आश्वासन दिए ।




