एजेन्सी । युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले बोरुसिया डोर्टमण्डलाई पराजित गरेको छ । गएराती भएको खेलमा रियल म्याड्रिडले डोर्टमण्डलाई ५-२ गोल अन्तरले हराएको हो ।
पहिलो हाफमा २-० ले पछि परेको रियल म्याड्रिडले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै ५ गोल गर्यो । यस जितमा भिनिसियस् जुनियरले ह्याट्रिक गर्दै महत्त्वपूर्ण भूमिका निभाए, जबकि एन्टोनियो रुडीगेर र लुकास भाजक्वेजले एक/एक गोल थपे । डोर्टमण्डका लागि डोनीयल मालेन र जामी बिनोय गिटनले एक/एक गोल गरेका थिए ।
यो सिजनको च्याम्पियन्स लिगमा रियल म्याड्रिडको यो दोस्रो जित हो । तीन खेलमा ६ अंक संकलन गरिसकेको रियल म्याड्रिड नवौं स्थानमा रहेको छ, जबकि डोर्टमण्ड तीन खेलमा ६ अंकका साथ पाँचौं स्थानमा रहेको छ ।






