एजेन्सी । टी-२० क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने नेपालको कीर्तिमान जिम्बाब्वेले तोडेको छ । जिम्बाब्वेले आईसीसी पुरुष टी-२० सब रिजनल छनोटमा गाम्बियाविरुद्ध ३४४ रन बनाउँदै नेपालको ३१३ रनको रेकर्डलाई पछि पारेको हो ।
यसअघि नेपालले मंगोलियाविरुद्ध ३१३ रन बनाउँदै टी-२० क्रिकेटमा सर्वाधिक रन बनाउने कीर्तिमान कायम गरेको थियो । बुधबार जिम्बाब्वेले गाम्बियाविरुद्ध २० ओभरमा ४ विकेट गुमाउँदै ३४४ रनको विशाल स्कोर खडा गर्यो ।
कप्तान सिकन्दर राजाले आक्रामक ब्याटिङ गर्दै ४४ बलमा ७ चौका र १५ छक्काको मद्दतमा अविजित १३३ रन बनाउँदै जिम्बाब्वेको लागि यो उपलब्धि हासिल गर्न मुख्य भूमिका खेले ।






