एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल मड्रिडलाई पराजित गरेको छ । घरेलु मैदान सेन्टियागो बर्नबेउमा भएको खेलमा रियल मड्रिड ४–० गोलले पराजित भएको हो ।
बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीले दुई तथा लामिन यामल र राफिन्हाले एक एक गोल गरे । बार्सिलोना ११ खेलमा ३० अंकका साथ शीर्ष स्थानमा छ । २४ अंक भएको रियल मड्रिड दोस्रो स्थानमा रहेको छ ।






