काठमाडौं । साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा भारतलाई पराजित गरेपछि नेपाली खेलाडी सावित्रा भण्डारी (साम्बा) ले नेपाली समर्थक प्रति आभार प्रकट गरिन् ।
सावित्राले नेपालले भारतलाई इतिहासमा दुई पटक मात्र हराउन सकेको कुरा गर्दै, यस पटक दर्शकहरूको समर्थनले खेलमा फर्केर जित निकाल्न मद्दत गरेको बताइन् । उनले यो जीत टिमका अस्वस्थ साथी खेलाडीहरूलाई समर्पित गर्दै उनीहरू छिट्टै निको भएर मैदानमा फर्कने आशा व्यक्त गरिन् ।
साम्बाले खेलको क्रममा केही तनाव सिर्जना भएपनि त्यसलाई समाधान गरिएको र त्यस समयमा नेपाली दर्शकहरूले दिएको साथले टिमलाई प्रेरणा मिलेको भन्दै सबै समर्थकहरूलाई धन्यवाद दिइन् ।






