वीरगञ्ज । सरकारी दर्ता बिना नै अखाद्य रङ्ग र विभिन्न वस्तु मिसाएर लड्डु उत्पादन गर्दै आएका वीरगञ्जका दुई उद्योगमा प्रशासनले सिलबन्दी गरेको छ ।
उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साको उजुरीका आधारमा आइतबार अनुगमन टोलीले वीरगञ्ज १० र रानीघाट तथा वडा नं. ११ श्रीपुरका घर भाडामा लड्डु बनाउने उद्योगमा छापा मारेको थियो ।
जिल्ला प्रशासन कार्यालय, वाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालय, र प्रहरीको संयुक्त टोलीले अनुगमनको क्रममा दुवै उद्योगले अखाद्य वस्तु र केमिकल मिसाएर लड्डु उत्पादन गरिरहेको पत्ता लगाएको छ ।
उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्षका अनुसार, ती उद्योगहरूबाट संकलित अखाद्य वस्तु मिसाएर बनाइएका लड्डुहरू नष्ट गरिएका छन् ।




