एजेन्सी । भारतको उत्तराखण्डमा बस दुर्घटनामा २२ जनाको ज्यान गएको छ । अल्मोडाको गढवाल-रामनगर मार्गको साल्ट नजिक यो घटना भएको हो । दुर्घटनामा मृतक संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ ।
एसडीआरएफ र प्रहरीको टोली उद्धार कार्यमा सक्रिय छन् । ४० यात्रु सवार बस गहिरो खोंचमा खसेको थियो । दुर्घटनाको कारण अझै स्पष्ट भएको छैन, तर चालकले बसको नियन्त्रण गुमाएपछि यो घटना भएको हुन सक्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।






