सप्तरी । सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका ४ स्थित त्रियुगा नदीमा डुबेर आज दुई बालिकाको मृत्यु भएको छ । यस्तै नदीमा डुबेर एक जना बेपत्ता भएका छन् ।
स्थानीय श्रवण महतोकी नौं वर्षीया छोरी प्रतिभा महतो र सुरेश सदाकी आठ वर्षीया छोरी जितनी सदाको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदायकुमार रायले जानकारी दिए ।
रायका अनुसार कञ्चनरुप नगरपालिका ४ जगतपुरस्थित धनकटामा रहेको त्रियुगा नदीमा नुहाउने क्रममा तीन बालिका डुबेकामा दुई जनाको मृत्यु भएको र स्थानीय आठ वर्षीया काजल खंग अझै बेपत्ता छिन् । बेपत्ता भएकी बालिकाको खोजी कार्य जारी छ ।




