रौतहट । ईशनाथ नगरपालिका १ का वडाध्यक्ष बिगु साहको मिर्गौला रोगको उपचारको क्रममा निधन भएको छ । वडाध्यक्ष साह नेपाली कांग्रेसबाट २०७४ सालको स्थानीय निर्वाचनमा विजयी भएका थिए भने २०७९ को निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट पुन: निर्वाचित भए ।
यस्तै, रौतहट क्षेत्र नं २ का सांसद किरणकुमार साहले वडाध्यक्ष साहको निधन प्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।




