मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साताको प्रारम्भिक समय अनुकूल रहेको छ । व्यापार व्यवसायमा लाभ मिल्नेछ भने सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ । साताको मध्यमा धन खर्चका योग छन् । वाहन चलाउँदा सावधान रहनुहोस् । साताको अन्तिममा उच्च अधिकारीहरू तपाईंको कामबाट सन्तुष्ट रहनेछन् । साझेदारी व्यापारमा नयाँ लगानीहरू थप्ने समय रहेको छ । जो विद्यार्थी चिकित्सा क्षेत्रमा हुनुहुन्छ उहाँहरूको लागि समय अनुकूल रहेको छ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साताको प्रारम्भमा हजुरहरूलाई व्यापार व्यवसायमा हानी हुने योग रहेको छ । सहकारी वा वित्तीय क्षेत्रमा लोन पास हुनलाई समस्या आउनेछ । साताको मध्य हजुरहरूलाई शुभ रहनेछ भने आर्थिक कारोबारपनि राम्रै रहनेछ । विद्यार्थीहरूलाई सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । साताको अन्तिममा स्वास्थ्यले साथ नदेला भने प्रेम सम्बन्धमा शंका उत्पन्न हुन सक्छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
मिथुन राशिहरू साताको प्रारम्भमा ऊर्जावान रहनुहुनेछ । कार्य क्षेत्रमा सफलता मिल्नेछ । सहयोगीहरुबाट शुभ सूचना मिल्नेछ । साताको मध्यमा माताको स्वास्थ्यलाई लिएर ध्यान दिनुपर्ने हुन्छ । पारिवारिक समस्याले गर्दा मन अशान्त रहन सक्छ । साताको अन्तमा सन्तानको पठन पाठनलाई लिएर चिन्ता रहनेछ भने प्रेम सम्बन्ध वा दाम्पत्य जीवन सुमधुर रहनेछ । भैरवको आराधना गरेर दिन प्रारम्भ गरौं ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
साताको शुरुवात उत्तम रहनेछ । सञ्चित धनमा वृद्धीको साथै नयाँ कार्य हात लागिपर्ला । कार्य क्षेत्रमा शत्रुहरू परास्त हुनेछन् । साताको मध्यमा व्यापार व्यवसायबाट लाभ रहनेछ । विद्यार्थीहरूलाई अध्ययनमा शिक्षकको सहयोग प्राप्त हुनेछ । साताको अन्त्यमा अनावश्यक धन खर्चका योग बनिरहेको छ भने आर्थिक कारोबारमा सल्लाह लिएरै नयाँ निर्णय लिनुपर्ने हुन्छ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । जीवन साथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । देवी लक्ष्मीको उपासना गरेर दिनको शुरुवात गरौं दिन फलदायी रहनेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सिंह राशिहरूको लागि यो साता उत्साहले भरपूर रहनेछ । कार्य क्षेत्रमा हजुरको इच्छाको पूर्ति हुनेछ । नयाँ नोकरीको खोजमा सफलता मिल्नेछ । अविवाहितहरूलाई विवाहको कुरा टुङ्गिनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । साताको अन्तमा जीवन साथीको स्वास्थलाई लिएर चिन्ता रहनेछ । साझेदारी व्यापारमा धोखा मिल्न सक्छ । विद्यार्थीहरूलाई पठन पाठनको लागि समय उत्तम रहनेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
साताको प्रारम्भमा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । खानपानमा ध्यान दिनुपर्ने हुन्छ । वैदेशिक रोजगारको काममा एकपल्ट कागजात जाँच गरेर नै अगाडि बढौं । साताको मध्यमा आर्थिक कारोबारमा नयाँ स्रोतहरू खुल्नेछन् । आफन्तहरूसँगको भेटघाट रमाइलो रहनेछ । साताको अन्तमा कार्य क्षेत्रमा नयाँ कार्य हात लागि पर्नेछ । अध्ययन अध्यापनको लागि समय अनुकूल रहनेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो साता हजुरलाई सामान्य रहनेछ । मित्रहरुको सहयोग मिल्नुको साथै नोकरीमा पद प्रतिष्ठा बढ्नेछ । साताको मध्यमा बच्चाहरूलाई चिसोबाट जोगाउनुहोस् । आफ्नो खानपानमा ध्यान दिनुहोस् । साताको अन्तमा कारोबार वा नयाँ व्यवसायको लागि समय अनुकुल रहनेछ । जिवन साथिबाट उपहार मिल्ने योग छ भने प्रेमसँग सम्बन्धित समस्याहरू सुल्झाउन सक्किनेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
साताको प्रारम्भमा अग्रिम कार्यहरूबाट शुभ सूचना मिल्नेछ । छर छिमेकी तथा मित्रहरूसँग रमाइलो समय बित्नेछ । साताको मध्यमा सरकारी नोकरीमा पद प्रतिष्ठा बढ्ने योग छ । साताको अन्तमा विद्यार्थीहरूले अध्ययनमा धेरै समय नदिए पनि बौद्धिक स्तरको वृद्धि हुनेछ । पारिवारिक भ्रमणमा धन खर्चको योग छ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
साताको प्रारम्भमा आफ्नो सहयोगीहरूसँग मेलमिलाप गर्दा राम्रो हुनेछ । व्यापार व्यवसायमा नयाँ लगानी थप्ने समय रहेको छ । पिताको स्वास्थ्यमा विशेष ध्यान राख्नुहोस् । साताको प्रारम्भमा विद्यार्थीहरूलाई पठन पाठनको लागि समय उत्तम रहनेछ । साताको अन्तिममा शेयर मार्केटबाट ठूलो लाभ मिल्ने सम्भावना छ । बौद्धिक प्रतिस्पर्धामा विजयी रहनुहुनेछ । राजनीतिक क्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
साताको प्रारम्भ स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । आफन्तसँग टाढा हुने सम्भावना छ । साताको मध्यमा यात्राको सम्भावना छ । कार्य क्षेत्रमा पदोन्नतिको योग छ । नयाँ वाहन किन्ने सम्भावना छ । रोकिएका कार्यहरू प्रारम्भ हुनेछन् । कार्य क्षेत्रमा समय भन्दा पूर्व काम सम्पादन हुनेछन् ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
साताको प्रारम्भमा साझेदारी व्यापारबाट लाभ हुने सम्भावना छ । दाम्पत्य जीवन सुखमय रहनेछ । साताको मध्यमा स्वास्थ्यमा भने केही समस्या देखा पर्नेछ । व्यवहारलाई अत्यन्तै संयम राख्नु पर्ने समय छ । वैदेशिक रोजगारमा सफलता पाइनेछ । साताको अन्तिममा धर्म कर्ममा रुचि बढ्नुका साथै घरमा कुनै माङ्गलिक कार्यका योग छन् । प्रेम पक्षलाई विवाहमा टुङ्ग्याउनको लागि अगाडि बढ्नुहोस् ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
साताको प्रारम्भमा प्रतिस्पर्धामा विद्यार्थीहरूलाई सफलता मिल्नेछ । व्यापार व्यवसायमा धन कमाउने स्रोतहरू बढ्ने भएतापनि धोखा मिल्न सक्ने हुनाले सचेत रहनुहोला । साताको मध्यमा आर्थिक पक्ष मजबुत रहनेछ । प्रेम सम्बन्ध सुखमय रहनेछ । साताको अन्तिममा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । कार्य क्षेत्रमा श्रमको अनुरूप फल नमिल्ला । मन अशान्त रहनेछ ।




